२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

'हज' यात्राका लागि अरब प्रस्थान

कपिलवस्तुको तौलिहवा बस पार्कबाट हज यात्राकालागि प्रस्थान गर्दै गरेका हजयात्रीहरुलाई बिदाइ गरिँदै।

साउदी अरबस्थित मक्का मदिना जानका लागि जिल्लाबाट हजयात्री प्रस्थान गरेका छन्। कोरोनाका कारण २ वर्ष रोकिएको हज यात्रा यस वर्षदेखि फेरि सुरु भएपछि उनीहरु हज यात्रामा जान लागेका हुन्। 

जिल्लाका १० स्थानीय तहबाट ७६ जना हजयात्री हज यात्राका क्रममा आइतबार काठमाडाैं प्रस्थान गरेका हुन्। सदरमुकाम तौलिहवा, पकडी, चन्द्रौटा, कृष्णनगरबाट अरब जानका लागि उनीहरु काठमाडाैं लागेका छन्। हज यात्रीलाई बिदाई गर्नका लागि उनीहरुको आफन्त तथा गाँउलेहरुका ठूलो भीड लागेको थियो।

महिलाहरु पनि संरक्षक मेहरमसँगै हज यात्राका लागि काठमाडाैं तर्फ लागेका छन्। बक्राईदन मनाउनका लागि उनीहरु ४० दिने यात्राका लागि त्यहा जान लागेका हुन्। हज यात्राकालागि प्रस्थान गर्न अफ्ना श्रीमती सन्ना बढईसंगै तौलिहवा बस पार्क पुगेका कपिलवस्तु नगरपालिका– ३ सुखरामपुका राज मोहोम्मदले आफूहरुको साउदी अरबमा पहिलो यात्रा रहेको बताए। 

‘वर्षाैदेखिको चाहना अब पूरा हुने भयो, ’उनले खुसी हुँदै भने, ‘अल्लाहको कृपाले गर्दा नै यस्ता मौका पाएको छु। तौलिहवा बसपार्क आएका बुद्धभुमी नगरपालिका–५ राजपुरका अनिरुल्लाह मुसलमानले  अल्लाहका कृपाल यस्तो पबित्र काममा सरिन हुन पाएको बताए। ‘वर्षौअघिको सपना बल्ल सकार हुन लागेको छ।’ उनले भने। 

मुस्लिम धर्मगुरुका अनुसार प्रत्यके मुस्लिम आफ्नो जीवनकालमा कम्तीमा एक पटक हज गर्न जानुपर्छ। मक्का मदीना यात्रा गर्नेले स्वर्ग जाने सरह मुण्यफल प्राप्ति गर्ने भएकाले त्यहाँ जाने मान्यता रही आएको ईमाम अली असन ईमामीले बताए। 

मक्कालाई अल्लाहको घर र माहोम्मदको जन्मथालोकोरुपमा रही आएको उनले बताए। ‘हज गर्नाले जस्तो सुकै ठुलो अपराध र पाप गरे पनि नाश भई भर्खर जन्मेको बच्चा जस्तै पवित्र हुन्छ’ उनले भने। हजयात्रीले ३० दिन मक्का र १० दिन मदिनामा धार्मिक यात्रा गर्नुपर्छ। मक्कामा सात पटक परिक्रमा ( तवाफ ) गर्नुपर्छ जसले एक हज-कावा ) प्राप्त हुन्छ। इदुल अजाह (बकरईदका दिन) बिशेष नवाज पढदै कुर्वानी दिने चलन छ। 

हज यात्रा गर्नेलाई हाजी भन्ने चलन रहेको बताईएको छ। यस वर्ष देशभरका २५ जिल्लाबाट ६ सय १४ जना हज यात्रामा जान लागेका छन्। काठमाडाैंबाट असार ६ देखि १० गतेसम्म ५ समूहमा उनीहरु यात्रामा जानेछन्। 

चन्द्रमाको उपस्थितीले तय हुने ईदमा जेद्दाबाट ८० किलोमिटरको दुरी तय गरि पैगम्बर मोहम्मदको जन्म स्थान (खान ए कावा) मा परिक्रमा गरि मक्काको मिना मुद्दिलफा आराफातमा ५ दिन बसि नवाज अदा गर्ने छन्। त्यसपछि पैगम्बर मोहम्मदको कब्रस्थान रहेको मदिनामा पुगी १० दिन नबाज पढेपछि हज पुरा हुनेछ।

प्रति हज यात्रीले ४ लाख ६३ हजार  रकम तिरेका हुन्। मुस्लिम समुदायले जीवनमा कम्तीमा एक पटक मक्का मदिना जाने चहाना राख्छन्। अति गरिब परिवारले समेत रिन सरसापटक समेत लिएर मक्का मदिना जाने गरेको पाईएको छ। यस वर्ष हज यात्राका निकै खर्चिलो भएको हजयात्रीले गुनासो गरको छन्। यस्तै ६५ वर्ष मुनीले मात्र हज यात्रामा सरिक हुन पाउने नियम पनि ब्यहारिक नभएको उनीहरुको गुनासो छ। 

प्रकाशित: ५ असार २०७९ १४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App