भक्तपुरको दरबार स्क्वायरस्थित ऐतिहासिक अग्लो शिलु महादेव (नेपाल भाषामा फसीदेग) मन्दिर १९९० सालको भूकम्प अघिको शैलि अनि स्वरुपमा पुनः निर्माण सम्पन्न भएको छ। वर्षाैको पर्खाइपछि पुरानो मन्दिरमा रहेको भनिएको बो सिंह (उडने सिंह) नपाउँंदा अलपत्र मन्दिर पुनःनिर्माण अहिले बो सिंह पाएर पुरानै शैलिमा पुनःनिर्माण सम्पन्न भएको हो।
बताइए अनुसार १९९० सालको भूकम्पमा यो मन्दिर भत्किएको थियो। मन्दिर भत्किएपछि यसमा रहेका दुई वटा बो सिंह (उडने सिंह) भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीस्थित एउटा ऐतिहासिक ढुंगेधाराको दुई छेउमा राख्न लगियो।
२०७२ सालको महाभूकम्पमा पनि यो मन्दिर भत्कियो। त्यसपछि पुनः निर्माण पनि सम्पन्न भयो। तर त्यही दुई वटा बो सिंह नपाउँंदा मन्दिर पुननिर्माणले पूर्णता पाउयन सेकको थिएन। अहिले त्यही बो सिंह राखेपछि मन्दिरले १९९० सालकै शैलि तथा स्वरुपमा पूर्णता पाएको हो।
गोल्मढीका स्थानीयले आफनो टोलको ढुंगेधारामा रहेको बो सिंह नदिने भन्दै अडान जारी राखेपछि वर्षाैदेखि दरवारस्क्वायरस्थित सिलु महादेव मन्दिर पुननिर्माणले पूर्णता पाएको थिएन। अहिले पुरातत्वले गोल्मढीको ढुंगेधाराका लागि अर्कै नयाँं वो सिंह बनाएर दिएपछि पुरानो बो सिंह दिन स्थानीय राजी भएका थिए। यहीसँंगै वर्षाैदेखि अलपत्र मन्दिरले पूर्णता पाएको हो।
यो १९९० सालकै स्वरुपमा अर्थात् ६२ फिट अग्लो र त्यसभन्दा तलको भाग २५ फिट गरी कुल ८७ फिट अग्लो हुने गरी २०७२ सालको भूकम्पपछि पुननिर्माण सकिएको थियो। २०७२ सालको महाभूकम्पले पनि मन्दिर भत्केको थियो। त्यसपछि मन्दिरलाई २०७२ सालकै शैलिमा जम्मा ४५ फिट मात्र अग्लो हुने गरी पुननिर्माण थालिएको थियो।
पछि १९९० सालको महाभूकम्पमा भत्केको शैलिमा बनाउनु पर्छ भनी भक्तपुर नगरपालिकाले विरोध गरेको थियो। त्यसपछि पुरातत्व विभागले त्यही उचाइ र शैलिमा मन्दिर पुनःनिर्माण थालेको थियो। तर बो सिंह नपाउँंदा मन्दिर पुननिर्माण पूर्णता पाउन सकेका थिएन। अहिले मन्दिरले बो सिंह पाउनुका साथै थप १५ फिट अग्लो हुने गरी निर्माण सम्पन्न भएको हो। २०७२ सालको भूकम्पले भत्केपछि यो मन्दिरको पुननिर्माण थालिएको थियो। २०७३ साल ३ महिला १४ गते यसको टेन्डर पास भइ स्मारक संरक्षण तथा दरवार हेरचाह अडडा भक्तपुरले मन्दिर पुननिर्माण गरेको हो।
बो सिंह स्थापनासँंगै मन्दिरले १९९० साल जस्तै पूर्णता पाएको भक्तपुर नगरपालिकाले जनाएको छ। नगरपालिकाले वर्षाैपछि स्थानीयलाई मनाइरहेका थिए। तर स्थानीयलाई बल्ल अहिले आएर मनाउन सफल भई बो सिंह सार्न सफल भएको हो। बो सिंह नपाए पनि स्थानीयलाई मनाए पछि राख्न मिल्ने गरी मन्दिर पुननिर्माण सकाइएको थियो।
फसी देग शिलु महादेवको मन्दिर १९९० सालको भूकम्पले भत्किएको थियो। त्यसपछि यसलाई फर्सीजस्तो डल्लो शैलीमा बनाइएको थियो। त्यही कारण पछि नेवारी भाषामा ‘फसी देग’ भनिन थालियो र त्यही नामले चर्चित भयो यो मन्दिर।
भक्तपुर नगरपालिका र स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाको संयुक्त पहल र स्थानीय जनताको सहभागितामा उक्त बो सिंहहरु पुरानै ठाउँमा राख्नको लागि निकाली फसीदेग मन्दिरमा हालिएको हो। स्थानीय जनताले परम्परागत शैलीमा बाजागाजासहित गोल्मढीमा रहेको बो सिंहको मूर्तिहरु निकालेर पुनः शिलु महाद्यः मा स्थानान्तरण गरेका थिए। पुरानो निकालेपछि स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाले गोल्मढीको गःहिटीमा एक जोडी नयाँ बो सिंह पुनःस्थापन समेत गरेको थियो। उक्त बो सिंहहरु क्रेनको सहायताले झिकिएको र राखिएको थियो।
पहिला दरवार स्क्वायरस्थित मन्दिरमा रहेको बो सिंह पछि गोल्मढीको ढुंगेधारामा रहेको भन्दै त्यही बो सिंह अहिले झिकेर पुरानै मन्दिरमा लग्न राखिएको हो। मन्दिर भत्किदा उक्त देवताहरु गोल्मढीमा स्थानान्तरण गरिएको जनाइएको छ। यही कारण अहिले पुनः निर्माण सकिएको पाँंच वर्षपछि सार्न सफल भएको हो। अहिले पुरातत्वले त्यहाँं नयां राख्न पाटनको औद्योगिक क्षेत्रको अरनिको स्टोन कार्भिगमा नयाँं बनाउन दिएका थिए। यसको लागि ५ लाख लागत छुट्याएको थियो।
पुरातत्व विभागको स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाका इन्जिनियर कल्पना प्रजापतिले फसीं देग बो सिंहको कारण अहिलेसम्म नसकिएको बताइन्। बो सिंह दिएको भए अहिलेसम्म काम सकिसक्ने थियो, उनले भनिन्। बो सिंहको काम नसकिएकै कारण भुक्तानी पनि रोकेर राखेको उनले जानकारी गराइन्। साथै यसको गत आ.व. सम्म ४ करोड ६७ लाख ४२ हजार ६ सय ४६ रुपैया खर्च भइसकेको जानकारी दिइन्। कुल लागत इष्टिमेन्ट ५ करोड ५२ लाख ९ हजार ३ सय ५१ रुपैया रहेको थियो।
अहिले पूर्णता पाएको मन्दिरको पेटीका पाँचमध्ये तीन तहमा जोर जनावर छन्। सबभन्दा तल हात्ती, त्यसको माथि दोस्रो तहमा सिंह र सोभन्दा माथि साँढे राखिएका छन्। यो ग्रन्थकुट शैलीको मन्दिर हो। शिखर शैलीको अग्लो मन्दिरलाई ग्रन्थकुट शैली भनिन्छ।
बताइए अनुसार १९९० सालमा भूकम्पले मन्दिर भत्काएपछि चारै भित्ताका उड्ने सिंहलाई त्यसै फालिएछ। फालिएका सिंहमध्ये दुई वटालाई भक्तपुर दरबार परिसरमा रहेको भक्तपुर नगरपालिकाको पुरानो भवनको मूल ढोकाको दायाँ–बायाँ राखिएको थियो। बाँकी दुई वटालाई भने गोल्मढी टोलको गहिरो ढुंगेधारा १९९० मा पुनर्निर्माण हुँदा त्यसको दायाँबायाँ राखिएको थियो।
प्रकाशित: ५ असार २०७९ १३:५७ आइतबार