४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

फरार प्रतिवादी पक्राउ

जिल्ला अदालत कालिोटले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय तोकिएका एक व्यक्तिलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला अदालत कालिकोटले २०७२ पुस २७ गते ज्यान मार्ने उद्योगमा खाडाचक्र नगरपालिका–११ का ४९ वर्षीय कले रोकायलाई पाँच वर्षको कैद सजाय सुनाएको थियो।

त्यसयता फरार रहेका रोकायलाई सुर्खेतको वीरेन्द्रनगर–३ मसुरिखेतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘अदालतको फैसला कार्यान्वयन गर्ने शिलशिलामा रोकायलाई विशेष सुचनाको आधारमा पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले भने, ‘अदालतले तोकेको कैद भुक्तानीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं।’

प्रकाशित: ५ असार २०७९ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App