१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

आगलागीमा परेर गोरखामा एक वृद्धाको मृत्यु

गोरखामा एक घरमा आगलागी हुँदा एक जना वृद्धाको जलेर मृत्यु भएको छ। गोरखाको शहिदलखन गाउँपालिका ७ जामुनेकी ७० वर्षीया केशरिमायाँ वस्तिको घरमा आगलागी हुँदा मृत्यु भएको हो।

आगलागीमा परेर शव पूर्ण रुपमा जलेको अवस्थामा भेटिएको वडाध्यक्ष शरण श्रेष्ठले जनाकारी दिए। साथै घर र घरभित्र रहेका मालसामान पनि सबै जलेर नष्ट भएको छ।

घरमा आगलागी भएकाे आज बिहान मात्र थाहा भएकाे उनले बताए। आगलागी कसरी भयाे भन्नेबारे थाहा हुन बाँकी रहेकाे वडाध्यक्ष श्रेष्ठले बताए।

प्रकाशित: ४ असार २०७९ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App