१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

१५ सय टिन रिफाइनसहित भारतीय ट्रक पक्राउ

१५ सय टिन रिफाइन पाल्मोनियम तेल लोड रहेको यु पी ७५ एम ३६९५ नम्बरको भारतीय ट्रकलाई पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी-१ कोसी ब्यारेजबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको हो। भन्सार प्रज्ञापन तथा अन्य आवश्यक कुनै कागजात नरहेको उक्त भारतीय ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिइ भन्सारमा बुझाएको छ।

ट्रकसहित चालक भारतको उत्तर प्रदेश कानपुर देहातका अबध बाबु र सह चालक कानपुर प्रान्त बस्ने धिरज कुमारलाई पनि नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएको ट्रक र ५४ लाख ९६ हजारको तेलसहित भारतीय नागरिकहरूलाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले राजबिराज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी  कार्यालय बर्दिबासले जनाएको छ।  

प्रकाशित: ३ असार २०७९ १५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App