रौतहटको माधव नारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादवले झोलुंगे पुलको शिलान्यास गरेका छन्।
शुक्रबार एक कार्यक्रमबीच नगरप्रमुख यादवले माधव नारायण नगरपालिका ३ भेलहीमा रहेको कमदेही खोलामा झाेलुंगे पुलको शिलान्यास गरेका हुन्। भेलही गाउँका स्थानीयबासीले छठ पवनी गर्ने घाटमा नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी पुलको शिलान्यास गरिएको हो।
आगामी केही महिनामा नै झोलुंगे पुलको निर्माण कार्य पूरा हुने र सर्वसाधारणले सुविधा पाउने नगरप्रमुख यादवले बताएका छन्। साना खोल्साहरुमा पहिले काठको पुल निर्माण हुने ठाउँमा अहिले रौतहटमा पनि फलामे पुल वा झोलुंगे पुलको निर्माण हुन थालेको छ।
प्रकाशित: ३ असार २०७९ १३:३८ शुक्रबार