३ असार २०८१ सोमबार
image/svg+xml
समाज

सर्लाहीमा ट्रयाक्टर दुर्घटना हुँदा युवकको मृत्यु

ट्रयाक्टर दुर्घटनामा सर्लाहीमा एक युवकको मृत्यु भएको छ। सर्लाहीको मलंगवा नगरपालिका ६ लखनदेई खोलामा तटबन्धको लागि ढुंगा लोड गरेको ज १ त ३८२४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा सर्लाहीकै चन्द्रनगर गाउँपालिका ५ मोहनपुरका ३२ वर्षीय रबिन्द्र साह सोनार रहेका छन्। ट्रयाक्टर पल्टिँदा सोनार त्यसैमा च्याएको र घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ। 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।

प्रकाशित: १ असार २०७९ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App