हावाहुरीले घरमाथि रुख ढाल्दा च्यापिएर एक बालकको मृत्यु र ८ जना घाइते भएका छन्।
मधुवन नगरपालिका वडा नम्बर ७ सुक्रबस्तीका १२ वर्षीय अमृत थापाको मृत्यु भएको हो। घाइते मध्ये २ जनाको नेपालगंजमा उपचार भईरहेको एसपी बिरेन्द्रबहादुर शाहीले बताए। उनका अनुसार हावाहुरीले जिल्लामा ठूलो क्षति पुर्याएको छ।
शनिबार साँझ ५ बजे आएको भिषण हावाहुरीले जिल्लामा धनजनको क्षति भएको छ। हावाहुरीले कयौंको घर भत्काएको छ भने कयौं रुख बिरुवा र विद्युत पोल ढालेको छ।
अन्य ठाउँको क्षति विवरण आउन बाँकी छ।
प्रकाशित: २८ जेष्ठ २०७९ १४:५७ शनिबार