४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

कार र माेटरसाइकल खसेकाे ठाउँमा दुइ पुरुषको शव भेटियाे

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। 

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९ नम्बरकाे कार र माेटरसाइकल खसेको थियो। माेटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जाेगाएका थिए भने कार मानिससहित पहिराेमा खसेकाे प्रहरीले बताएकाे छ।  

मृतक दुवैको सनाखत हुन सकेको छैन। पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ। उक्त सडक भासिँदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ। पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रु अलपत्र परेका छन्।

लामो  जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो जामका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालिबालिकालाई बढी सास्ती भएको छ।

प्रकाशित: २७ जेष्ठ २०७९ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App