२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रौतहटमा दैनिक सरदर तीन घन्टा लोडसेडिङ

रौतहटमा दैनिक लाइन कट्न थालेको छ। दैनिक अघोषित रुपमा तीनदेखि चार घन्टासम्म लाइन नहुँदा सर्वसाधारण निकै मर्कामा परेका छन्।  

सरकारले बिजुली अरु देशमा बेच्न सुरु गरिरहेको समाचार आइरहेको समयमा हरेक दिन रौतहटमा तीनदेखि चार घन्टासम्म लाइन अवरुद्ध रहँदा उपभोक्ताले भोग्नुसम्म सास्ती भोग्न बाध्य भएका छन्। गर्मीले जनजीवन कष्ठकर बनिरहेको तथा बिजुलीको भरमा विभिन्न काम गरिरहनु पर्ने उपभोक्ताले बिना सूचना लाइन कटिरहँदा निकै घाटा बेहोर्नु परिरहेको छ।

बिना सूचना लाइन कटेको विषयमा विद्युत कार्यालय गौर, गरुडा तथा चन्द्रपुरलाई सोध्दा एक अर्काेलाई सोध्नु र माथिबाटै लाइन कटेको छ भन्ने रेडिमेड जवाफ पाइने गरेको छ। एक दिनमै बिहान, दिउँसो र साँझतिर लाइन जाने गरेको छ। लाइन जाने कुनै निश्चित समय नभए पनि हरेक दिन चार बजेदिन साढे सात बजेको बिचमा कम्तीमा तिन पटक र एक घन्टाको लागि लाइन अवश्य जाने गरेको छ।

लाइन कट्ने समस्याले आफूहरु परसान भएको र रेडियो स्टेशनमा निकै धेरै क्षति पुगेको रौतहटको गरुडामा रहेको रेडियो मधेस मसला एफएमका प्राविधिक चन्दन पटेलको भनाइ छ। हरेक दिन पटक पटक गरी घन्टौँ लाइन कट्न गर्नाले विद्युतीय सामानमा निकै क्षति पुगेको र आफूहरु निकै परसान भएको प्राविधिक पटेलको दाबी छ। हरेक दिन अनियमित किसिमले लाइन कट्न थालेपछि अन्य क्षेत्रमा पनि असर पर्न सुरु गरेको छ।

प्रकाशित: २४ जेष्ठ २०७९ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App