२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

आज सिथि नखः पर्व मनाईंदै

आज काठमाडौं उपत्यकामा सिथि नखः पर्व मनाईदै छ। नेवारी सभ्यता अनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन नखः पर्व मनाउने गरिएको छ। यस वर्ष पनि सदाझैँ काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा, इनार, कुवा, धारा सफा गरेर नखः पर्व मनाइदै छ। 

यस पर्वको दिन ढुंगेधारा, इनार, कुवा, धाराको मुहानमा सरसफाइ गरेर मनाइने प्रचलन रहि आएको छ। साथसाथै रोटीसहितका मिष्ठान परिकार समेत खाने गरिन्छ। सरसफाई गरिसकेपछि सो स्थानमा पुजाआजा पनि गरिन्छ। मंगलटोल सुधार समितिका सदस्य रविन कपाली ढुंगेधारा, इनार, कुवा लगायतको सरसफाइ र पुजाआजा गरेर मनाउने नखः पर्व नेवार समुदायको विशेष पर्व रहेको बताउँछन्।

काठमाडौँ उपत्यकाको पुरातात्विक, धार्मिक तथा ऐतिहासिकतालाई झल्काउने ढुंगेधाराहरुको संरक्षणमा सरकारले चासो नदेखाएकोमा उनले दुःख व्यक्त गरे। हालसम्म स्थानीयको जागरुकताले ढुंगेधाराहरु बचाउन सकिएको भएपनि पानीको मुहान बिस्तारै सुक्दै गएको उनको भनाई छ। 

सरकारले ढुंगेधाराको संरक्षण गर्नका लागि र पानीको मुहान नसुकोस् भन्नका लागि अनुसन्धान गर्नुपर्ने उनले बताए। यस दिनमा भगवान शिवजीका पुत्र कुमारको पनि पुजाआजा गर्ने गरिएको उनले बताए।

प्रकाशित: २२ जेष्ठ २०७९ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App