२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

धनुषा प्रहरीद्वारा जरायोको आखेटोपहार बेचबिखनमा संलग्न दुईजना पक्राउ

धनुषामा जरायोको आखेटोपहार बेचबिखनमा संलग्न दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेकाे छ। बिहीबार जनकपुर उपमहानगरपालिका-२४ बाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका-३ बस्ने २० वर्षीय रितेशकुमार पाण्डे र धनुषाको जनकपुर उपमहानगरपालिका-२४ बस्ने २० वर्षीय सोनुकुमार पाण्डे रहेका छन्।

जनकपुर उपमहानगरपालिका- २४ स्थित वन्यजन्तुको आखेटोपहार खरिद बिक्री हुन लागेको गोप्य सूचनाको आधारमा धनुषा प्रहरी कार्यालयबाट खटिएका टोलीले स्थानीय सिशपाल साहको खाली जग्गामा ज.९ प.२७३ नम्बरको मोटरसाइकल रोकी दुबैजनाले एकआपसमा कुराकानी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको धनुषा प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले जनाइएको छ।

प्रहरीका अनुसार सोनुकुमार पाण्डे  र रितेशकुमार पाण्डेले बोकेको सिमेन्टको बोरामा खानतलासी गर्दा बोराभित्रबाट जरायोको सिंह रातो खैरो रंगको तीन सिंगे थान १ र कालो रंगको दुई थान १ गरी २ थान काटिएको जरायोको सिंह फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो। सो कार्यमा प्रयोग भएको मोटरसाइकल समेत बरामद गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धनुषामा पठाइएको छ।

प्रकाशित: २० जेष्ठ २०७९ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App