२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

एसिड पोखिएपछि रेलमा आगलागी

नेपाली रेल जयनगरबाट जनकपुर आउने क्रममा बगीमा एसिड पोखिएपछि आगलगी भएको छ। बिहीवार दिउँसो ३ः१५ बजे जयनगरबाट छुट्टिने क्रममा जयनगर स्टेशनमकै १ नम्बर गेटमा आउँदा सिटमाथि समान राखिने ठाउँबाट एसिड पोखिएपछि रेलको एउटा बगीमा भगमभाग भएको थियो।

एसिड ल्याउने खोज्ने शंकमा दुई नेपाली महिलालाई भारतीय प्रहरीले पक्राउ गरी नेपालको शस्त्र प्रहरीलाई जिम्मा लागाएइको छ। उनीसँगै गएको श्रीमान् एसिड पोखिएर भित्र हल्ला भएपछि एसिड लिएर फरार भएको छ। उनको खोजी भइरहेको रेल्वे कम्पनीका महाप्रबन्धक निरजंन झाले बताए।

'पैसेन्जर बगीमा यात्रुहरुको लागि सामान राखिने ठाउँमा कसैले एसिड राखिएको थियो। माथिबाट सिटमा बसिएको महिलाकी शरिरमा केही थोपा पोखिए छ। एसिड पोखिएपछि महिलालाई जलन भयो उनी चिच्यिाउदै सिटबाट भागिन् त्यसपछि त्यो डब्बामा रहेको यात्रुहरूबीच हलचल भएको नेपाल रेल्वेका महाप्रबन्धक निरंजन झाले बताए।' उनले भने 'केही थोपा एसिड तल पनि झरे त्यसपछि एसिड झरेको ठाउँमा धुवाँ आयो धुवाँ देखेपछि यात्रुहरु झन तर्सिए। आगो आगो हल्ला भएपछि रेल रोकेर स्थिति नियन्त्रणमा लियो । रेलमा त्यस्तो ठुलो क्षति भएको छैन। सकुशल जनकपुर आइपुगेको छ।'

घटनाबारे अनुसन्धानका लागि पक्राउ परेका दुवै जनालाई नेपाल प्रहरीको जिम्मा लगाइने झाले जनाए। पक्राउ परेकी दुबै आमा छोरी हुन्।

प्रकाशित: २० जेष्ठ २०७९ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App