४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

महिलाहरुका लागि नेतृत्व विकास तालिम

तस्बिरः तालिम कार्यक्रम।

पश्चिम रुकुममा महिलाहरुका लागि नेतृत्व विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। ओरेक रुकुमको आयोजनामा बाफीकोट गाउँपालिका, मुसीकोट नगरपालिका र त्रिबेणी गाउँपालिकाका ६ वटा वडाका महिला समूहको नेतृत्व गर्ने ३० जना महिलाहरुको सहभागिता रहेको थियो।

लैगिक विभेद, महिला हिंसा सम्बन्धी धारणागत स्पष्टता पार्ने र महिला अधिकारको बारेमा जानकारी गराइ समाजमा हुने सबै खालका विभेदलाई अन्त्यका लागि वातावरण तयार गर्ने उद्देश्यले सन्चालन गरिएको हो। तालिममा लैगिक हिंसा, महिला हिंसा, द्वन्द्व र शान्ति, नेतृत्व विकास, घरेलु हिंसा ऐन र महिला अधिकारको विषयमा सहजीकरण गरीएको थियो।  

तीन दिने तालिमको अन्तिम दिन सहभागीहरुले एक वर्षको कार्ययोजना पनि तयार गरेका छन्। महिला पुनर्स्थापना केन्द्र (ओरेक)को आयोजनामा सन्चालन गरीएको तालिममा ओरेक काठमाडौंका सुनिता मैनाली, नारायण शर्मा, निति गिरी जिल्ला संयोजक दिपा धिताललगायत अधिवक्ता मनिसा भण्डारी र जिल्ला प्रहरी प्रमुख बिष्णुप्रसाद सोतिले सहजीकरण गरेका थिए।  

ओरेकले रुकुममा विगत लामो समय यता महिला हिंसाविरुद्धको अभियानमार्फत् महिला तथा सिमान्तकृत समुदायको क्षमता अभिवृद्धिका लागि सहजीकरण, सचेतना र पैरवीमूलक गतिविधिहरु संचालन गरिरहेको छ।

प्रकाशित: १९ जेष्ठ २०७९ १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App