१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

१४ वर्षीया किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार, किशोरीको स्वास्थ्य अवस्था नाजुक

६ जना युवा पक्राउ

कपिलवस्तुकी एक १४ वर्षीया किशोरीलाई अपहरण गरी ६ जना युवाहरुले सामूहिक बलात्कार गरेको छन्। बलत्कारको आरोपमा रुपन्देहीको कंचन गाउँपालिका ६ जना युवाहरु पक्राउ परेको छन्। 

कपिलवस्तुको बाणगंगा नगरपालिकाकी ती युवतीलाई मंगलबार राति जबरजस्ती मोटरसाईलमा लगेर उनीहरुले सामूहिक बलात्कार गरेकाे खुलेकाे छ। पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ५ का निरज कार्की, वडा नम्बर ४ का राहुल सिन्जाली, सोही ठाउँका सुलभ केसी, वडा नम्बर ३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापा थापा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए। 

मंगलबार साँझ कपिलवस्तुको बाणगंगाबाट १४ वर्षीया किशोरीको अपहरण गरी रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ४ रुद्रपुरमा पुराएर ६ जना युवाले सामूहिक बालात्कार गरेका थिए। प्रहरीका अनुसार स्थानीय बजारमा सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी किशोरीलाई अपहरण गरी बलात्कार गरेका हुन्। 

युवतीसंग पहिले नै चिनजान रहेको गौरव थापाले मोटरसाईलमा जबरजस्ती बसालेर रुद्रपुर लगेका थिए। त्यही एक जना साथीको घरमा लगेर उनीहरुले पालैपाले बलात्कार गरेको प्रहरी उपरिक्षक शाहले बताए। बलात्कार गरेपछि युवाहरुले ती युवतीलाई मोटरसाईलमा राति नै घर अगाडी लगेर छाडेका थिए। 

घटना बारे थाहा भए लगत्तै प्रहरीले आरोपी ६ जना युवाहरुलाई पक्राउ गरको थियो। पीडित बालिकाको कपिलवस्तु अस्पतालमा बुधबार स्वास्थ्य परीक्षण गरिएको थियो। उनकाे परीक्षण रिपाेर्टमा समेत बलात्कार गरेको देखिएको शाहले बताए। 

घटनाको अनुसन्धान र पक्राउ परको युवाहरुमाथि बलत्कारको मुद्दा चलाईने शाहले बताए। पीडित युवतीको स्वास्थ्य अवस्था नाजुक रहेको छ। मानसिकरुपमा बिक्षिप्त बनेकी किशोरी राम्रारी बोल्न समेत नसेको उनले बताए।

प्रकाशित: १९ जेष्ठ २०७९ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App