पोखराबाट जोमसोमका लागि आज बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको ९ एन एइटी कलसाइनको टुइ अटर सम्पर्कविहीन छ।
चालक दलसहित २२ यात्रुहरु रहेको उक्त विमान निर्धारित समय अनुसार १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो।
क्याप्टेन प्रभाकर घिमिरेको कमाण्डमा उडेको उक्त विमानको चालक दलका अन्य सदस्यमा को पाइलट उत्सव पोखरेल र एयर परिचारिका किस्मी थापा छिन्। विमानमा चालक दलका सदस्यबाहेक १९ जना यात्रुहरु सवार छन्।
उक्त विमानमा सवार अन्य यात्रुहरु:
इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रभिना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, भैभवी बन्देकर सहित तेस्रो मुलुकका नागरिक माइक ग्राट, युभी वीलनर सवार छन्।
प्रकाशित: १५ जेष्ठ २०७९ ०७:२२ आइतबार