३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

वानका पूर्व अध्यक्षको स्मृतिमा अक्षयकोष स्थापना

निजी रेडियोहरुको छाता संस्था ब्रोडकाष्टिङ् अफ नेपाल (वान) का पूर्व अध्यक्ष स्वर्गीय चन्द्र न्यौपानेको प्रथम स्मृति दिवसको अवसरमा शनिबार अक्षयकोष स्थापना गरिएको छ।  

चन्द्र न्योपाने  मेमोरियल ट्रष्ट स्थापना गरेर सामाजिक काम गर्न अक्षयकोष स्थापना गरिएको हो। अक्षयकोषमा मृतक न्यौपानेका परिवारका तर्फबाट ५ लाख,  दमक नगरपालिकावाट ३ लाख र अन्य संघ सस्थाबाट गरि कवि ९ लाख जम्मा भइ सकेको छ। अक्षयकोषमा जम्मा भएको रकमबाट प्राप्त ब्याजले हरेक वर्ष पत्रकारीता क्षेत्रमा अध्ययन  तथा अनुसन्धान गर्ने विद्यार्थीलाई सहयोग गरिने ट्रस्टकी अध्यक्ष अनिता न्यौपानेले बताइन्।  

अक्षयकोषमार्फत सामूदायिक विद्यालयमा अध्ययन गर्ने गरीव, दलित तथा पिछडिएका समूदायका विद्यार्थीलाई पनि सहयोग गरिनेछ। स्वर्गीय पत्रकार न्यौपानेले सञ्चार क्षेत्रमा पुर्‍याएको योगदान र उनको सम्झनाका निम्ति अक्षयकोष स्थापना गर्नुले सकारात्मक सन्देश गएको सहभागीले बताएका थिए। नेपाल विज्ञापन वोर्डका सदस्य र सप्तकोसशी एफएम इटहरीका स्टेशन म्यानेजर न्यौपानेको कोरोना महामारीले गर्दा मृत्यु भएको थियो। न्यौपानेसहित देशभर कोरोना महामारीबाट २६ जना पत्रकार र सञ्चार गृह सञ्चालकको मृत्यु भएको नेपाल पत्रकार महासंघले जनाएको छ।

प्रकाशित: १४ जेष्ठ २०७९ १४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App