१६ चैत्र २०८० शुक्रबार
समाज

सवारीसाधन बापतको रकम शिक्षा सुधारमा लगाउने निर्णय

सन्तोष न्यौपाने वडाध्यक्ष विराटनगर ५।

विराटनगर वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेले सवारीसाधन वापत पाउने रकम विद्यालयको शिक्षा सुधारमा लगाउने निर्णय गरेका छन्। बिहीबार पदभार ग्रहण गर्दै न्यौपानेले ५ वर्षसम्म वडाध्यक्षले सवारीसाधन वापत पाउने रकम वडाका विद्यालयको गुणस्तर सुधारमा लगाउने निर्णय गरेका हुन्।  

विराटनगरको वडा नम्बर ५ मा तीन वटा सामुदायिक विद्यालय रहेको र ती विद्यालयको गुणस्तर सुधारका लागि आफूले सवारीसाधनबापत पाउने रकम खर्च गर्ने न्यौपानेले बताए। उनले भने,‘मैले सवारीसाधनबापत पाउने रकम वडाका सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि खर्च गर्ने निर्णय गरेको छु।’ न्यौपानेले वडावासीलाई धन्यवाद दिंदै वडाको नाला सफा गर्ने, बर्खे पानी बग्ने अवरोधहरू खोल्ने र वडामा सडक बत्ती लगाउने काम तत्कालै सुरू गर्ने बताए।

उनले चुनावका वेला वडाबवासीसँग गरेको प्रतिबद्धता पूरा गर्न आफू सँधै कटिबद्ध रहने स्पष्ट पारे। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नम्बर ५ को वडाध्यक्षमा न्यौपाने निर्वाचित भएका थिए।

प्रकाशित: १२ जेष्ठ २०७९ १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App