१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धरानमा हत्या भएका युवकको पहिचान खुल्यो

मृतक सन्दिप रम्जेल। र, मृतकको घरमा छरछिमेकी, आफन्तजनहरु। तस्बिरः रोहित राई

धरानको वडा नं ५ तल्लो देउरालीस्थित सेउती खोलाको बगरमा हत्या गरिएको अवस्थामा भेटिएका युवकको पहिचान खुलेको छ।

मृतक धरान ११ विष्णुचोकका ३१ वर्षीय सन्दिप रम्जेल भएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए। उनका अनुसार घटनाबारे सबै पक्षबाट अनुसन्धान शुरु भइसकेको छ। ‘मृतकको सनाखत भइसकेको छ, घटनाबारे अनुसन्धान भइरहेको छ, कल डिटेल लगायत सबै पक्षलाई केलाउदैछौ,’ डिएसपी श्रेष्ठले भने।  

बिहिबार बिहान करिब साढे ५ बजेमृतकको शव सेउती खोलाको बगरमा घोप्टो परेको अवस्थामा भेटिएको थियो। गर्धनमा धारिलो हतियारले काटिएको भेटिएको थियो भने टाउको, शरीरको ढाँडमा समेत धारिलो हतियारले काटेको साथै घोचेर चोट बनाएको अवस्थामा लाश भेटिएको थियो।  

मृतक मिठे सार्की र विष्णुमायाको एक मात्र छोरा हुन्। दुवैका ५ जना छोरीहरु छन्। एक मात्र छोराको हत्याले परिवार मात्र होइन, टोल नै स्तब्ध भएको छ। बुबा मिठे सार्कीका अनुसार छोराको को २२ प २५६८ नम्बरको डुक मोटरसाइकल पनि भेटिएको छैन। मोवाइल पनि नभेटिएको उनले जानकारी दिए।  

मृतकका बुबा निर्माण व्यवसायी हुन्। बुबाको निर्माण कार्यको लागि आवश्यक पर्ने सामाग्रीहरु ओसारपसार गर्न मृतकले आफ्नै ट्याक्टर चलाउथे। बुबाको साइटमा काम नहुदा अरुको पनि काम गरेर कमाई गर्ने गरेका थिए। बुधबार राती करिब साव ७ बजेतिर फोन आएपछि घरबाट निस्केर गएको र राती नआएको उनले बताए। घटनबारे बिहिबार बिहान करिब ११ बजेतिर मात्र थाह भएको पनि उनको भनाई छ। ‘छोराको हत्या जसले गर्यो, उसलाई कारबाही गरिपाउँ,’उनले भने।

प्रकाशित: १२ जेष्ठ २०७९ १५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App