१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

हावाहुरीले छानो उडायो, विद्यार्थी चौरमा पढ्न बाध्य

हावाहुरीले विद्यालयको छाना उडाएपछि वीरेन्द्रनगर–१६ लेहँडामा अध्ययनरत विद्यार्थीहरुको पठन–पाठन प्रभावित भएको छ। विद्यार्थीहरु घाम लागेको बेला खुला चौरमा पढ्न बाध्य छन्। चार कोठे भवनको टिनको छाना उडाएपछि पानी परेको बेला पढाई हुँदैन्।

जेठ ६ गतेको हावाहुरीले सरस्वती प्राविको चार कोठे भवनको पुरै छाना उडाएको थियो। कक्षा ५ मा अध्ययनरत सुदिप आचार्यले खुला चौरमा पढ्नुपर्दा निकै समस्या भएको बताए। ‘घाम लाग्दासम्म खुल्ला ठाउँमा पढ्छौं, पानी आएपछि घरतिर दौडिनुपर्छ,’ उनले भने, ‘कहिले फेरि छानो हालेर पढ्न पाउने हौं थाहा छैन्।’

कक्षा पाँचसम्म सञ्चालित विद्यालयमा हाल ४४ जना विद्यार्थीहरु अध्ययनरत छन्। नयाँ शैक्षिकसत्र आरम्भसँगै विद्यालयको छाना हावाले उडाएपछि बालबालिकाहरु खुला आकाशमुनि चिसो भुइँमा बसेर पढ्न बाध्य छन्। वर्षाद सुरु भएकाले तत्काल विद्यालयको मर्मत गर्न नसके भवन पूर्णरुपमा प्रयोगहिन हुने अवस्था छ।  

विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति स्थानीय, प्रदेश र संघीय सरकार गम्भीर हुनुपर्ने बताए। ‘हावाहुरीले छानो उठाएपछि विद्यार्थीको पढाई प्रभावित बनेको छ,’ उनले भने, ‘तत्काल विद्यालयको छानो छाउने र पूर्वाधार निर्माणतर्फ तीन वटै तहका सरकार गम्भीर हुन आवश्यक छ।’

प्रकाशित: १२ जेष्ठ २०७९ १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App