coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

धरानमा एक युवकको शव भेटियाे, पहिचान नखुलेको प्रहरीको भनाइ

धरानको वडा नं ५ तल्लो देउरालीस्थित सेउती खोलाको बगरमा एक युवकको शव भेटिएको छ। ईलाका प्रहरी कार्यालय धरानका अनुसार आज बिहान करिब साढे ५ बजे अन्दाजी ३०/३५ वर्षका युवकको शव भेटिएको हो।

उनको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हुनसक्ने प्रहरीको भनाई छ। मृतकको पहिचान भने खुल्न सकेको छैन। ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठ आंफै घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेका छन्। साथै, वीपी प्रतिष्ठानको फरेन्सिक डाक्टर, संघीय प्रहरी कार्यालय धरान डग शाखाबाट बिशेषज्ञ कुकुरसमेत पुगेर अनुसन्धान भइरहेको छ।

मृतकको गर्धनको भागमा धारिलो हतियारले काटिएको छ, भने टाउको, शरीरको ढाडमा समेत धारिलो हतियारले काटेको, घोचेर चोट बनाएको भेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ जेष्ठ २०७९ ०५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App