१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मधेस प्रदेशः आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन

मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिए। यही जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको मन्त्री साहले जनाए।

मन्त्री साहले केन्द्र सरकारसँग लड्दै अब मन्त्रालयको अधिकार लिन नाम परिवर्तनबाट सुरु गरिएको बताए। मन्त्रालयको नाम कानूनबमोजिम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरिएको सचिव रामकुमार महतोले जानकारी दिए।

प्रदेश सरकार स्थापना हुँदा सो मन्त्रालयको नाम आन्तरिक मामिला तथा कानून मन्त्रालय थियो। तर पछि सो मन्त्रालय विभाजन हुँदा कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय अलग गरिएको थियो। त्यसपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नाम राखिएको थियो। फेरि अहिले आएर नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय नामकरण गरिएको हो।

नेकपा (माओवादी केन्द्र) प्रदेश सरकारमा सहभागी भएको एघार महिनापश्चात् मन्त्रालयको नाम परिवर्तन गरिएको हो। मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री साहले मन्त्रिपरिषद्को निर्णयअनुसार नाम परिवर्तन गरी कामअनुसारकै मन्त्रालयको नाम गृह तथा सञ्चार मन्त्रालय राखिएको बताए।

प्रकाशित: ११ जेष्ठ २०७९ १५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App