६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पुनर्निर्माणको पर्खाइमा दुई सय वर्ष पुरानो मन्दिर

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीमा रहेको दुई सय वर्ष पुरानो मानिएको ऐतिहासिक कृष्ण मन्दिर पुनर्निर्माणको पर्खाइमा रहेको छ। २०७२ सालको भूकम्पपश्चात् अहिलेसम्म कसैको पनि ध्यान यस मन्दिरको पुनर्निर्माणप्रति जान सकेको छैन।  

स्थानीय विन्दु घिमिरे स्थानीय निकायको निर्वाचनपश्चात् धेरै कुराको विकास भए पनि पछिल्लो यो पाँंच वर्षको अवधिमा कसैको पनि ध्यान जान नसकेको बताउँंछिन्। अहिले नयाँं निर्वाचित पदाधिकारीहरुको पनि ध्यान जाने हो कि होइन उनी शंका व्यक्त गर्छिन्।  

अन्य ठाउँमा ढुग्ङा मात्र स्थापना भएको ठाउँमा समेत मन्दिर बनाइसकेको भए पनि यति धेरै पुरानो यो कृष्ण मन्दिर पुनर्निर्माणतर्फ कसैको ध्यान नपुगेकोमा स्थानीय दुःख व्यक्त गर्छन्। अहिले यो मन्दिर झट् हेर्दा मन्दिर जस्तो पनि नदेखिएको अवस्थामा पुगेको छ।

कृष्ण जन्माष्टमीमा परम्परादेखि चल्दै आएको ९ मुरी, ९ पाथी, ९ माना र ९ मुठी चामलको भतेर खुवाउने गरेकोमा अहिले त्यो लोप भएको स्थानीय बताउँंछन्। केही समय अगाडि १/१ माना चामल वितरण गर्ने गरेकोमा हाल यो कार्य पनि स्थगित भई मन्दिर बेवारिसे अवस्था रहेको उनीहरुले बताए।

गुठीसंग समन्वय गरी मन्दिरको पुनर्निर्माणका लागि नयाँ निर्वाचित स्थानीय जनप्रतिनिधि, सरकारको ध्यान जाओस् भन्नेतर्फ उक्त स्थानका बासिन्दाको इच्छा रहेको छ।

प्रकाशित: १० जेष्ठ २०७९ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App