१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जेष्ठ दशलाई जात व्यवस्था विरुद्धको 'विद्रोह दिवस' का रुपमा मनाइंदै

जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जेष्ठ १० लाई जात व्यवस्थाविरुद्धको ‘विद्रोह दिवस' को रुपमा मनाउने भएकाे छ।

दुई वर्षअघि ०७७ जेठ १० गते साँझ जाजरकोट जिल्ला भेरी नगरपालिका-४ का नवराज विश्वकर्मा सहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, सोतीका गैर दलित समुदायको भीडले क्रुर र नृशंस हत्या गरेका थिए।

नवराज र उनका साथीहरुले जातकै कारण ज्यान गुमाउन परेको २ वर्ष पुग्दा समेत सरकारले उचित न्याय दिन नसकेको प्रति घोर बिरोध गर्दै जात व्यवस्था उन्मूलन मोर्चा नेपालले यही जेष्ठ १० गते अपराधीहरुलाई कारवाहीको निम्ति देशव्यापी रुपमा बिरोध प्रदर्शन गर्ने जनाएको छ। 

मोर्चाले जेष्ठ १० लाई जात व्यवस्थाविरुद्धको  विद्रोह दिवसको रुपमा मनाउँदै लैजाने मोर्चाका केन्द्रीय सदस्य रुपा सुनारले बताईन्।

प्रकाशित: ८ जेष्ठ २०७९ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App