१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

माछा मार्ने क्रममा डुबेर काका र भतिजको मृत्यु

अर्घाखाँचीको शीतखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ। अर्घाखाँची शीतगङ्गा नगरपालिका वडा नं. ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर काका र भतिजको मृत्यु भएको हो।

प्युठान नौबहिनी गाउँपालिका-८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र उनका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रहरीका अनुसार जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरी उनीहरुको शव आफन्तको जिम्मा लगाइएको छ भने उक्त घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित: ८ जेष्ठ २०७९ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App