१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पर्वत दुर्घटनाका घाइतेको उपचारमा यातायात व्यवसायीले बेवास्ता गरेपछि चक्काजाम

बागलुङ काठेखोलाको अक्षेतेमा गरिएको चक्काजाम। तस्विरःनागरिक ।

बुधबार पर्वतमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको उपचारमा यातायात व्यवसायी र सम्बन्धित सवारी धनीले व्यवास्ता गरे पनि अक्षेतेमा चक्का जाम गरिएको छ। 

बुधबार बागलुङबाट पोखरा जाँदै गरेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बसंग ठोक्किदा घाईते भएकाहरुको उपचारमा वेवास्ता गरिएको भन्दै काठेखोलाका स्थानीयले अक्षेतेमा चक्का जाम गरेका हुन्।

दुर्घटनामा रेशका ३१ वर्षीय सवारी चालक लालबहादुर थापाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा अन्य १३ जना घाईते भएका थिए। उनीहरुलाई उपचारका लागि पोखरा लगिए पनि घाईतेहरुको उपचारका लागि यातायात व्यवसायी र सम्बन्धित सवारी धनीले कुनै चासो नदेखाउने र सम्पर्कमै नआउने गरेपछि बाध्य भएर चक्का जाम गर्नु परेको तंग्रामका विष्णु आलेले बताए।

‘दुर्घटना घाइतेहरूको बेहाल छ, सवारी धनी यातायात व्यवसायीहरू कोही सम्पर्कमै आएका छैनन्,’ उनले भने,‘उपचारमा वेवास्ता भएका कारण घाइतेहरुको ज्यान जोखिममा परेपछि बाध्य भएर चक्का जाम गरेका छौं। घाइतेहरूको उपचारको सही व्यवस्था नहुँदासम्म चक्काजाम रहन्छ।’ बिहीबार साँझबाट चक्काजाम गरिएको हो।

चक्का जामपछि पश्चिम बागलुङतर्फ जाने सवारी साधनहरु अक्षेतेमै थुप्रिएका छन्। सवारी दुर्घटनामा घाइते भएकी तंग्रामकी २३ वर्षीया प्रतीक्षा पुनको पनि मृत्यु भएको छ। कुशुम पुन लगायतको पोखरामा उपचार भैरहेको छ। घाइतेहरूको उपचारमा बेवास्ता गरिएको र यातायात व्यवसायीहरू कोही पनि सम्पर्कमा नआएको तंग्रामका निवर्तमान वडाध्यक्ष केशव थापाले बताए।

प्रकाशित: ६ जेष्ठ २०७९ ०४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App