coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

इलामको देउमाई मतगणनास्थल तनावग्रस्त, तीन राउन्ड हवाई फायर

इलामको देउमाई नगरपालिकास्थित मंगलबारे मतगणनास्थलमा भइरहेको भइरहेको नाराबाजी। तस्बिर: नागरिक

इलामको देउमाई नगरपालिकाको मतगणनास्थलमा प्रहरीले हवाई फायर गरेको छ। स्वस्तिक बोकेका कर्मचारी मतगणनास्थलमा भेटिएको भन्दै नाराबाजी भएपछि झडप भएको छ।  

अवस्था तनावपूर्ण बनेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको स्थानीय पत्रकार टीका खतिवडाले जानकारी दिए। अहिले पनि अवस्था नियन्त्रणमा आइसकेको छैन। 

विवाद निस्किएपछि करिब ३ घन्टादेखि गणना अवरुद्ध छ। प्रहरीले हवाई फायर पुष्टि गरेको छैन।

प्रकाशित: ३१ वैशाख २०७९ ०६:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App