१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौं महानगरको मतगणना आज ८ बजेदेखि: आयोग

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु मत गणनाका लागि राष्ट्रिय सभागृह लगिएको छ।  

मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ।  

निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो। मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो।  

काठमाडौं महानगरपालिकाको मत गणना आज साँझ ८ बजेबाट शुरु गरिने निर्वाचन आयोगले जनाएको छ। अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थल तर्फ लैजाने क्रम जारी छ।

प्रकाशित: ३० वैशाख २०७९ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App