२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रौतहटको पाँच ठाउँमा मतदान स्थगित

रौतहटको पाँच ठाउँमा मतदान स्थगित भएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले विवादका कारण जिल्लाको पाँच ठाउँमा मतदान स्थगित भएको र सबै ठाउँमा विवाद सल्टाउने तयारी भइरहेको बताएका छन्।

रौतहटको फतुवा विजयपुर नगरपालिका ७ मा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको मतदान केन्द्रमा विवादका कारण मतदान स्थगित भएको छ। यसैगरी गढीमाई नगरपालिकाको वडा नम्बर ३ र ६ मा उग्र विवादपछि भएको झडपका कारण स्थगित मतदान अझै सुचारु हुन सकेको छैन।

पुनः मतदानको लागि सहमतिको प्रयास भइरहेको गढीमाई नगरपालिकाका निर्वाचन अधिकृत रामानन्द प्रसाद अधिकारीले जनाएका छन्। यसैगरी यमुनामाई १ मा पनि विवादका कारण मतदान स्थगित भएको छ।

रौतहटकै बौद्धिमाई नगरपालिका २ इनरबारीमा पनि मतदान स्थगित भएको छ। जिल्लाको अन्य ठाउँमा पनि मतदानको क्रममा सामान्य विवाद र तनाव हुँदै मतदान भइरहेको छ। अहिलेसम्म जिल्लामा करिब ४५ प्रतिशत मतदान भइसकेको स्रोतको दाबी छ।

प्रकाशित: ३० वैशाख २०७९ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App