१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्लाहीमा व्यापक तनाव: ३ ठाउँमा गोली चल्यो, मतदान अधिकृत कुटिए

स्थानीय तहको चुनावमा सर्लाहीमा व्यापक तनाव देखिएको छ। गाउँ ठाउँमा मतदान अवरुद्ध हुने, सुचारु हुने तथा झडप हुने क्रम चलिरहेको छ। यसै क्रममा मतदातालाई नै सिकाएको आरोपमा एक जना मतदान अधिकृत कुटिएका छन्।

सर्लाहीको बलरा नगरपालिका ३ कृषि सेट मतदान केन्द्रमा मतदान अधिकृ राजकिशोर साहले मतदातालाई एक जना उम्मेदवारको चुनाव चिन्ह देखाएर मतदान गर्न सिकाएको भन्दै स्थानीय आक्रोशित बनेका छन्। आक्रोशित स्थानीयले मतदान अधिकृत साहलाई कुटपिट गरेका छन्। प्रहरीले मतदान अधिकृत साहलाई नियन्त्रणमा लिएको छ।

यसै गरी सर्लाहीको चक्रघटामा गोली चलेको छ। चक्रघटा गाउँपालिका १ शिवनगरमा रहेको रामनारायण प्रावि मतदान केन्द्रमा नेकपा माओवादी केन्द्र र जसपाका कार्यकर्ता बिच झडप भएको छ। स्थिति तनावग्रस्त भएपछि सुरक्षाकर्मीले गोली चलाएको हो।

रामनगर ४ बहुअर्वामा पनि गोली चलेको छ। धनकौल गाउँपालिकामा स्थिति नियन्त्रणमा आएको भए पनि मतदान सुचारु हुन सकेको छैन। व्यापक तनाव र विवादबिच सर्लाहीमा मतदान भइरहेको छ। अहिले सर्लाहीको धनकौलमा मतदान स्थगित छ। अन्यत्र सबै ठाउँमा मतदान सुचारु भइसकेको छ। धनकौलमा पनि मतदानको लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि प्रवीण पोखरेलले जानकारी गराएका छन्।

प्रकाशित: ३० वैशाख २०७९ ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App