२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

कपिलवस्तुमा ४ हजार बढी सुरक्षाकर्मी परिचालन

कपिलवस्तुमा वैशाख ३० गते हुने निर्वाचनलाई मध्यनजर गर्दै कपिलवस्तुमा ४ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचनलाई स्वच्छ निष्पक्ष रभयरहीन वातावरणा सम्पन्न गर्न म्यादी, नेपाल र सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको हो।

प्रजिअ तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष धर्मेन्द्रकुमार मिश्र अनुसार निर्वाचनलाई लक्षित गरी १ हजार ९२९ म्यादी, १ हजार १ सय नेपाल प्रहरी, ४ सय ७० सशस्त्र प्रहरी र ५ सय १ जना नेपाली सेना परिचालित गरिएका छन्। निर्वाचनमा सुरक्षालाई विशेष ध्यान दिइएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।

निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन आफूहरुले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको उनले बताए। निर्वाचनमा तीन तहको सुरक्षा घेरा रहने छ। उता सुरक्षास्थिति मजबुत बनाउन वैशाख २७ गते मध्यरातदेखि नै मदिरा बिक्री वितरणमा रोक लगाइएको छ भने सिमा नाका समेत बन्द गरिएका छन्।

जिल्लामा २० मतदान स्थल सुरक्षाको दृष्किोणले अति संवेदनशील सुचीमा राखिएको छ। जिल्ला सुररक्षा समितिले मतदानको समय र त्यस अघि हुन सक्ने घटनालाई मध्यनजर गरी २० मतदान स्थललाई अति संवेदनशील सुचीमा राखेको हो।

प्रजिअ धमेन्द्रकुमार मिश्राले जिल्लामा रहेका २ सय ३५ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए। जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो। जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि, सुरक्षा संवेदनशीलता लगायतका विषयमा छलफल गरी मतदान स्थलको वर्गीकरण गरिएको बताए।

‘पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाई वर्गीकरण गरिएको हो’ उनले भने। समितिले ६२ लाई संवेदनशील, र १ सय ५३ मतदान स्थललाई सामान्यको सुचीमा राखेको छ। मतदान स्थलको तहगत विवरणका आधारमा सुरक्षा रणनीति बनाइएको छ।

प्रमुख जिल्ला अधिकारी मिश्राले  निर्वाचनस्थलको निरीक्षणपछि मतदान स्थलको सुची निर्धारण गरिएको बताए। जिल्लाका १० पालिकामा ४ सय ६८ मतदान केन्द्र कायम गरिएका छन्। केन्द्रमा निर्वाचनका लागि २ हजार ३३७ कर्मचारीहरु परिचालन गरिएका छन्।

यस्तै १४ सय बढी स्वयमसेवक समेत खटिएका छन्। कपिलवस्तुमा २१ साना र ६ ठूला दल गरी कुल २७ दल मतदानमा सहभागी छन्। जिल्लामा ५ सय पदका लागि ३ हजार ५५२ नजा उम्मेदवार खडा भएका छन्।

प्रकाशित: २९ वैशाख २०७९ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App