४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

डा.शर्माले भारतीय राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

भारतीय राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि सामाजिक सञ्जालमा पोष्ट गर्दै राजदूत डा.शर्माले नेपाल र भारतबीचको सुदृढ, सदियौं पुरानो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफू तत्पर रहेको बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा अर्थविद् तथा पूर्वअमेरिकी राजदूत डा शर्मालाई भारतका लागि नवनियुक्त राजदूत नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

प्रकाशित: २८ वैशाख २०७९ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App