२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाकाे सम्भावना

देशका विभिन्न स्थानमा आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसमविद्ले बताएका छन्।

दक्षिण बंगालको खाडीमा बनेको चक्रवात 'असानी' को अप्रत्यक्ष प्रभाव, स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको संयुक्त प्रभाव रहेकाले देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसमविद्ले बताएका हुन्। मंगलबार विशेषगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानमा र बाँकी भूभागको थोरै स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति पनि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २७ वैशाख २०७९ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App