१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

नदीमा नुहाउने क्रममा एक बेपत्ता

गेरुवा कर्णाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन्।

मधुवन नगरपालिका–३ धनौराका २४ वर्षीय दिलिप थारु बिहीबार दिउँसो ३ बजेर ५० मिनेटदेखि बेपत्ता भएका हुन्। थारु नुहाउने क्रममा डुबी बेपत्ता भएको खबर पाउनासाथ प्रहरी चौकी कोठियाघाटबाट खोजतलासको लागि डुंगासहित प्रहरी टोली परिचालन भएको छ।

डुंगा तथा अन्य माध्यमको प्रयोग गरी खोजतलास गर्दा बिहीबार साँझ ७ बजेसम्म थारुको पत्ता नलागेको र खोजतलासको कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

प्रकाशित: २२ वैशाख २०७९ १३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App