१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धनुषामा हतियारधारी समूहले गरे उम्मेदवारमाथि आक्रमण

आसन्न स्थानीय तह चुनावमा वडा सदस्य र वडाध्यक्षमा उम्मेदवारी दिएका उम्मेदवारका बुवामाथि अज्ञात समूहले आक्रमण गरेको छ।

धनुषाको पूर्वी भेगमा पर्ने कमला नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादव र नेकपा एमालेबाट वडा सदस्यमा उम्मेदवारी दिएका हरेराम मण्डल अज्ञात समूहको आक्रमणमा परी घाइते भएका छन्।

घाइते दुबैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको छ। यादवको टाउकोमा ८ वटा टाँका लागेको छ भने अर्का सदस्य पदका उम्मेदवार मण्डलको टाउको र खुट्टामा रडले प्रहार गरी घाइते बनाएको परिवारजनले बताएका छन्।

आफ्नै घरमा सुतिरहेको अवस्थामा बुधबार राति चन्द्रनारायणमाथि धारिलो हतियारले आक्रमण गरेको उनका भतिजो सुरेन्द्र यादवले बताएका छन्। 'अंकल घरमा सुतिरहेका थिए। राती ८/१० जनाको एक समूह रड, कोदालो, खुकुरी, लाठीसहित आएर उनीहरुले अंकलमाथि आक्रमण गरेका थिए।'

'म कोठा बाहिर बरन्डामा सुतिरहेको थिएँ। उनीहरुले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका मेरो छोरा सर्वदेवलाई खोज्दै आएका थिए,' चन्द्रनारायणनले भने, 'उठेर उनीहरुतर्फ हेर्न बित्तिकै आफूमाथि आक्रमण गरे।'

यता धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले प्रहरीले घटनाबारे जानकारी पाएपछि घट्नाको अनुसन्धान थालिएको बताएका छन्। 'घट्नाबारे जानकारी आएको छ। पीडितले लिखित जाहेरी दिएका छैनन्,' उनले भने, 'उहाँहरुले भने अनुसारको हुलियाको आधारमा घटनामा संलग्न ब्यक्तिहरुको खोजतलास जारी राखेका छौं।'

प्रकाशित: २२ वैशाख २०७९ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App