५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

अपाङ्गता बालिकामाथि जबरजस्ती गर्ने युवा पक्राउ

अपाङ्गता भएकी बालिकामाथि जबरजस्ती गरेको अभियोगमा एक युवालाई  प्रहरीले नियन्त्रणमा लिएको छ।

त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा बसपार्ककी बोल्न नसक्ने १६ वर्षीया अपाङ्गता बालिकामाथि बलात्कार गरेको आरोपमा सोही वडाका २८ वर्षीय राजन राउत पक्राउ परेका हुन्। राति ८ः०० बजेको समयमा घटेको घटनाबारे पीडितका आफन्तले दिएको जाहेरी अनुसार उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरी हिरासतमा राखिएका उनलाई अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान सुरु भएको छ। पक्राउ राउत खोटाङ घर भइ बसपार्कमै अस्थायी बसोबास गर्दै आएको प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष आचार्यले बताएका छन्।

प्रकाशित: २२ वैशाख २०७९ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App