८ वैशाख २०८१ शनिबार
समाज

रोशी दुर्घटना: मृतक सबै सुमोमा सवार यात्रु

विपी राजमार्ग अन्तर्गत काभ्रेको रोशीमा एक आपसमा सवारी ठोक्किदा ५ जनाको मृत्यु भएको छ। विपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाँउपालिकास्थित वडा नम्बर ११ मा सिन्धुलीबाट काठमाडाैं तर्फ जाँदै गरेको टाटा सुमो र काठमाडाैंबाट भारतीय तिर्थयात्री बोकेर जनकपुरतर्फ जाँदै गरेको बस एक आपसमा ठोक्किदा ५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।  

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काठमाण्डौबाट जनकपुर हुदै भारतको उत्तरप्रदेशका लागि छुटेको यूपी ५७ टी ८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडाैं जाँदै गरेको ना१ ज४२१० टाटासुमो ठोक्किदा पाँच जनाको घट्नास्थलमै मृत्यु भएको हो। 

मृत्यु हुनेमा सुमो चालक सिन्धुलीको कमलामाई नगरपालिका ४ का अन्दाजी ४० वर्षीय हरिबहादुर बल, सिन्धुलीकै कमलामाई नगरपालिका ७ का २९ वर्षीय विक्रम श्रेष्ठ, रामेछाप खाडादेवी ८ का सात वर्षीया संगिता भुसाल, उनकी आमा २९ वर्षीया संझना भुसाल र सिन्धुली सुनकोसी गाँउपालिका १ का ४४ वर्षीया प्रमिला नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए। उनका अनुसार मृतक सबै सुमोमा सवार यात्रु हुन्।

  दुर्घटनामा परि दश जना बसमा सवार र अन्य सात जना सुमोमा सवार यात्रु घाइते भएका छन्। जसमध्ये १३ जना सामान्य घाइते ४ जना मध्यम र १ जना गम्भिर रहेको प्रहरीले जनाएको छ। गाडी ओभर स्पिडका कारण ठोक्किएको हुनसक्ने प्रहरीको पारम्भिक अनुसन्धानमा खुलेको भएपनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

घाइतेमध्ये १० जना बसमा सवार र अन्य ८ जना सुमोमा सवार यात्रु रहेको प्रहरीले जनाएको छ। सुमोमा बच्चासहित १३ जना सवार रहेको प्रत्यक्ष दशीले बताएका छन्।  प्रहरीले गाडी दुर्घटनाको विषयमा छानबिन गर्नका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाको संयोजकत्वमा छानबिन समिति बनाएको एसपी जोशीले जनाए।

प्रकाशित: २१ वैशाख २०७९ १४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App