१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ठूलो परिमाणमा केराउ बरामद

भारतबाट अवैध रुपमा ल्याइएको ठूलो परिमाणको केराउ प्रहरीले विराटनगरबाट आइतबार राति बरामद गरेको छ।  

भारतको जोगबनीदेखि चोरी तस्करी गरी ल्याएर ट्रकबाट काठमाण्डौं लैजान लाग्दा विराटनगर–१० पिपल चोकबाट केराउ बारमद गरेको मोरङ प्रहरीले जनाएको छ। बोरामा प्याक गरी कन्टेनरमा राखेर अवैध रूपमा विराटनगर ल्याए काठमाण्डौं लैजान लागेको केराउ बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।  

ना ३ ख ७८१२ नम्बरको कन्टेनरसहित चालक काभ्रेको पाँचखाल–६ का गोपालनाथ राई पक्राउ परेका छन्। ८४ बोराको ४ चार हजार २ सय किलोग्राम केराउ, कन्टेनर र चालकलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको डिएसपी श्रेष्ठले बताए। यसअघि नेपालबाट भारततर्फ केराउ जाने गरेको थियो।

त्यसैगरी, भारतको जोगबनी–९ का २९ वर्षीय अनोज सिंह अवैध रुपमा नेपाल ल्याउँदै गरेको लत्ताकपडासहित पक्राउ परेका छन्। विराटनगर–११ हुँदै बिआर ३८ एम ६६७५ नम्बरको भारतीय मोटरसाइकलमा चोरी तस्करी गरेर लत्ताकपडा ल्याउँदै गर्दा पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए।

बरामद गरेको केराउ र लत्ताकपडा गरी २५ लाख ३ सय रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ वैशाख २०७९ १४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App