२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

खोलाले बगाएर बालिका बेपत्ता

मोरङको बुढीगंगा गाउँपालिकाको बुढी खोलाले शुक्रबार एक बालिकालाई बगाउँदा बेपत्ता भएकी छन्।  

बुढीगंगा–२ का मजुलम मियाँकी ८ वर्षीया छोरी रुसिना खातुनलाई खोलाले बगाउँदा बेपत्ता भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। दिदी सुहानासँगै पौडी खेल्न खोलामा पसेकी थिइन्। पौडी खेल्ने क्रममा दिउँसो १ बजेतिर उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।  

दिदी सुहाना पौडिएर बाहिर निस्कन सफल भए पनि रुसिनालाई भने खोलाले बगाएर बेपत्ता बनाएपछि स्थानीयलाई बताएको र घटना थाहा हुन साथ पुगेको प्रहरी तथा स्थानीयले खोजी गरे पनि बालिका फेला नपरेको एसपी कोइरालाले बताए। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०७९ १४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App