३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

यात्रुवाहक बसमा तस्करीको कपडा

बुधबार राति बनेपा डिलक्स यात्रुवाहक बसबाट पथलैया प्रहरीले चेकजाँकको क्रममा बरामद गरेका तस्करीको कपडाहरु।

काठमाडौं जाने यात्रुवाहक बसमा तस्करीको कपडाहरु पनि ढुवानी हुने गरेको भेटिएको छ।

ईलाका प्रहरी कार्यालय पथलैयाले वीरगन्जबाट यात्रु बेकेर काठमाडौं जाँदै गरेको बसलाई बुधबार राति चेकजाँच गर्दा त्यसबाट ठूलो मात्रामा तस्करीको कपडा बरामद गरिएको हाे।

बाराका प्रहरी उपरीक्षक दिलिप सिँह देउवाले वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ५ ख ६३१९ नम्बरको बनेपा डिलक्स बसबाट २० लाखभन्दा बढी मूल्यको कपडा बरामद गरिएको बताए।

ईलाका प्रहरी कार्यालय पथलैयाका प्रमुख सहायक प्रहरी निरीक्षक मनोजकुमार यादव नेतृत्वको टोलीले रातिको सयममा यात्रुवाहक बसहरुलाई चेकजाँज गर्दा ठूलो परिमाणमा कपडा बरामद गरिएको उपरीक्षक देउवाले बताए।

बसको पछाडि तर्फको डिक्कीमा लुकाएर ठूलो बोराहरुमा राखिएको कपडाहरु बरामद गरेर थप कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाइएको देउवाले बताए।

बरामद गरिएकोमा सर्टको कपडा चार सय १८ मिटर, कुर्ता पैजाको कपडा चार सय ६८ मिटर, कुर्ता सुरुवाल एक सय १२ थान, कोट पाइन्टको कपडा दुई सय ७६ मिटर, बनारसी साडी ५५ थान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

वैशाख ३० गते हुने स्थानीय तहको चुनाव सुरक्षाकर्मीहरु केन्द्रित रहेको अवस्थामा तस्कर समूहले भन्सार नतिरी तस्करीको मालवस्तुहरु भित्र्याइ देशको बिभिन्न भागहरुमा पुर्‍याउन सक्ने भएकोले राजमार्गमा रहेका प्रहरी युनिटहरुका ईन्चार्जहरुलाई चेकजाँचमा कडाइको साथ गरिएको देउवाले बताए।

केही दिन पहिला पनि वीरगन्जबाट काठमाडौं जाँदै गरेको पाथिभारा ट्रन्सपोर्टको ना ३ ख ८१३८ नम्बरको मालवस्तु लोड गरेको ट्रक र श्री. एन के लजिष्टिक सर्भिस प्राली बा. प्र. ००४ क ०५३२ नम्बरको मालवस्तु लोड गरेको ट्रकलाई पथलैयामा रोकेर चेकजाँच गर्दा भन्सार छली गरेको सामान लोड गरेको शंका लागेपछि थाप कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाइएको देउवाले बताए।

प्रकाशित: १५ वैशाख २०७९ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App