५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

आफ्नै घरको शौचालयमा लडेर मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ३ कौशलटारस्थित एउटा घरको आफ्नै शौचालयमा लडेर एकजनाको मृत्यु भएको छ।

ओखलढुङ्गा सुनकोशी गाउँंपालिका ९ घर भई हाल कौशलटारमा बस्ने वर्ष ५० का लालबिनोद कटुवाल शौचालय गई कोठामा फर्कदा अचानक लडी मृत्यु भएको प्रहरीले जनाएको छ। लडेपछि बेहोस भई उनको परिवारले तत्कालै उपचारको लागि भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटार लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए।

प्रकाशित: १५ वैशाख २०७९ ११:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App