५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

आमा छोराद्वारा आत्महत्या प्रयासः आमाको मृत्यु, छोरा घाइते

मध्यपुर थिमि नगरपालिका वडा नं. ५ कमेरेटारमा ७४ वर्षीया आमा र उनका छोराले हामफाली आत्महत्याको प्रयास गरेका छन्।

मोरङ सुन्दर हरैचा नगरपालिका वडा नं. ९ बिराटचोक घर भई हाल कमेरेटारमा डेराकोठा लिई बस्ने वर्ष ७४ की मनमाया तिमिल्सिना र उनको कान्छो छोरा वर्ष ४९ को मातुराम तिमिल्सिनाले डेराकोठा नजिक रहेको पिपलको रुखको फेदमा लगाएको अन्दाजी ५० मिटर अग्लो पर्खालमा चढी पर्खालको माथिबाट हामफाली आत्महत्याको प्रयास गरेका हुन्।

पर्खालबाट हामफाल्दा मनमाया तिमिल्सिनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। हामफाली घाइते भएका मातुराम तिमिल्सिनालाई उपचारको लागि मध्यपुर अस्पताल लगी प्राथमिक उपचार पश्चात् वीर अस्पतालमा थप उपचार भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।

घटनामा संलग्न दुबै जना डिप्रेशनको बिरामी रही लामो समयदेखि औषधि सेवन गर्दै आइरहेको बुझिन आएको पाण्डेले बताए।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ वैशाख २०७९ ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App