१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

शनिबार र आइतबार बिदा दिने सरकारकाे निर्णय

सरकारले  साताको दुइदिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।  आगामी जेठ १ गते बाट कार्यान्वयनमा आउने गरि उक्त बिदा दिइने निर्णय गरेको हो।

जेठ १ देखि लागू हुनेगरी कार्यालय समय भने बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म बढाइएको छ।  ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने। शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने।’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख गरिएको छ। 

इन्धन खपत कम गर्न आइतबार पनि सार्वजनिक बिदा दिनुपर्ने अर्थमन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएपछि सरकारले सो निर्णय गरेको हो। 

प्रकाशित: १४ वैशाख २०७९ ०८:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App