५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

टिपर र स्कुटर ठोक्किदा एकजनाको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ४ चारदोबाटो चोकमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

नयाँ थिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा ४ ख ८५८१ नं.को टिपर र गठ्ठाघरबाट नयाँ थिमितर्फ आउँदै गरेको बा. प्र.०२–०२३ प ७७६९ नं.को स्कुटर एक आपसमा ठोक्किदा स्कुटर चालक काभ्रेपलाञ्चोक घर भइ हाल भक्तपु बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको हो।  

दुर्घटनामा स्कुटर पछाडि सवार म्याग्दी घर भएका हाल भक्तपुरकै चाँगुनारायण नगरपालिका ३ झौखेल बस्ने वर्ष ३३ का बिमल श्रेष्ठको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न सवारी साधन र टिपर चालक रामेछाप दोरम्बा गाउँंपालिका ४ का ३६ वर्षीय तुलबहादुर सापकोटा प्रहरी वृत्त थिमीको नियन्त्रणमा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए।

प्रकाशित: १३ वैशाख २०७९ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App