३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

आगलागीबाट सात करोड बढीको क्षति

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.५ कमेरोटारस्थित हार्डवेयर गोदाममा आगलागी हुँंदा सात करोड पचास लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

आइतबार राति नौ बजेर १० मिनेटबाट सुरु भएको आगलागीबाट गोदामभित्र रहेको (ट्वाइलेट, बाथरुम, पाईपका सामानहरु र अन्य हार्डवेयरका सामानहरु) नष्ट भई अन्दाजी सात करोड पचास लाख रुपैयाँ बराबरको धनमाल जली नष्ट भएको अनुमान गरिएको छ।

मध्यपुर थिमि नगरपालिका वडा नं.६ बस्ने राजन प्रजापतिले संचालन गर्दै आएको ग्रीन सि. ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवेयर गोदाममा अचानक आगलागी भएको थियो। खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी बल, सेना र दमकलको सहयोगमा साढे दुई बजे मात्रै आगलागी नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

आगलागीबारे थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए।

प्रकाशित: १२ वैशाख २०७९ ०५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App