१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्यो

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना पश्चात मुख्य निर्वाचन अधिकृतसहित सहभागीहरु।

सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ। कमलामाई नगरपालिका ५ मा रहेको जिल्ला बागबानी कृषि फर्मको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।  

जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै अन्य आठ ओटा स्थानीय तहमा समेत निर्वाचन अधिकृतको कार्यालय खुलेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए जिल्लाभर एकसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर आगामी वैशाख ३० गते हुने स्थानीय  तहको निर्वाचनको तयारी थालिएको मुख्य निर्वाचन अधिकृत ध्रुबप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार जिल्लाको दुधौली नगरपालिकामा दिपक ढकाल, तीनपाटन गाउँपालिकामा पुष्प कटुवा, फिक्कल गाउँपालिकामा डिकबहादुर कार्की, गोलञ्जोर गाउँपालिकामा प्रकाशजङ कार्की, सुनकोसी गाउँपालिकामा लक्ष्मी पाण्डे, घ्यालेख गाउँपालिकामा विमल थापा, मरिण गाउँपालिकामा  दुर्गा बञ्झाडे र हरिहरपुरगढी गाउँपालिकामा भरतकुमार दाहाललाई निर्वाचन अधिकृत तोकिएको छ। तोकिएको स्थानमा गएर निर्वाचन अधिकृतले एकसाथ कार्यालय स्थापना गरि काम सुरु गरेको उनले बताए।  

निर्वाचन आयोगबाट तोकिए बमोजिम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयलाई कर्मचारीको व्यवस्थापन भइरहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए। उनले जिल्लाका नौओटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर काम सुरु भएको जनाए।

जिल्लाभर कार्यरत नेपाल सरकारका निजामती कर्मचारी, सरकारको स्वामित्वमा रहेका कार्यालयमा कार्यरत कर्मचारी शिक्षक लगायत गरि १३ सय ३८ जना कर्मचारीलाई निर्वाचनमा परिचालन गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत सापकोटाले जानकारी दिए। उनका अनुसार जिल्लामा एक सय ४४ मतदान स्थल र दुई सय ६८ मतदान केन्द्र रहेको छ।

प्रकाशित: ८ वैशाख २०७९ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App