६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाही र रौतहटमा गरी ३८ पालिकामा निर्वाचन कार्यालय स्थापना

सर्लाही र रौतहटमा एक साथ निर्वाचन कार्यालयहरु स्थापना भएका छन्। सर्लाहीको २० र रौतहटको १८ पालिका गरी ३८ पालिकामा एकै साथ निर्वाचन कार्यालयको स्थापना गरिएको छ। सर्लाहीमा ११ नगरपालिका र नौ गाउँपालिका रहेका छन्।

यसैगरी रौतहटमा १६ नगरपालिका र दुई गाउँपालिका रहेका छन्। देशको सबैभन्दा बढी नगरपालिका रहेको रौतहटको सबै पालिकामा एक साथ निर्वाचन कार्यालय स्थापना भएर सबै पालिकामा निर्वाचन अधिकृत खटिइसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले जानकारी गराएका छन्।

यसैगरी सर्लाहीको सबै पालिकामा निर्वाचन कार्यालय स्थापना भएर निर्वाचन अधिकृतले काम गर्न सुरु गरिसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी गराएका छन्। वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनको क्रममा आइतबार १२ वैशाखमा मनोनयनको कार्यक्रम रहेको छ।

उम्मेदवारले मनोनयन गर्नुअघि कार्यालय स्थापना गरी केही प्राविधिक कामहरु सम्पन्न गर्नुपर्ने भएकोले निर्वाचन आयोगको निर्देशनअनुसार सबै पालिकामा निर्वाचन कार्यालयहरु स्थापना गरिएका छन्। निर्वाचन कार्यालय स्थापना भएसँगै निर्वाचन केन्द्रित सुरक्षा सतर्कता अपनाइएको छ।

निर्वाचन कार्यालयको सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ। हरेक पालिकामा निर्वाचन कार्यालय स्थापना भएसँगै निर्वाचनको औपचारिक कार्यपालिका तहमा सुरु भइसकेको बताइएको छ।

प्रकाशित: ८ वैशाख २०७९ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App