१० असार २०८१ सोमबार
image/svg+xml
समाज

प्रहरी नायव निरीक्षक घुससहित पक्राउ

बागलुङमा एक प्रहरी घुससहित पक्राउ परेका छन्। गण्डकी प्रदेश विपद व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायव निरीक्षक रुपनारायण महतोलाई अख्तियारले ३८ हजार नगद घुससहित पक्राउ गरेको हो।

सूचनाको आधारमा गएको अख्तियारको टोलीले बर्दिमै खुलमखुल्ला घुस लिइरहेका महतोलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयकी प्रमुख पार्वती शर्माले जानकारी दिईन्। हामीलाई प्रहरीबाटै घुस लिईंदैछ भन्ने सूचना थियो। त्यही सूचनाको आधारमा गरिएको स्टिङ अप्रेसनका क्रममा प्र.ना.नि.महतोलाई नगद ३८ हजार घुससहित पक्राउ गर्न सफल भयौं’ उनले भनिन्।

उनका अनुसार प्र.ना.नि.महतोले सेवाग्राहीसँग लेनदेन केस मिलाई दिने भन्दै घुस मागेका थिए। सेवाग्राहीले घुस दिने भनेपछि उनी घुस लिन मंगलबार साँझ बागलुङ नगरपालिका वडा नम्बर २ स्थित बिपद व्यवस्थापन गुल्म नजिकै पुगेको र त्यहाँ उनले घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रमुख शर्माले जानकारी दिईन्। पक्राउ परेका महतोलाई बुधबार विहानै काठमाडौं पठाइएको जनाइएको छ।

प्रकाशित: ७ वैशाख २०७९ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App