झापाको कचनकवल गाउँपालिका-१ मा खेत जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार ८ वर्षीय एक बालकको मृत्यु भएको छ।
कचनकवल गाउँपालिका-१ स्थित चिया बगान नजिकैको खेतमा आइतबार दिउँसो प्र.१-०१-००१ त ८९९२ नम्बरको ट्याक्टर जोत्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा परी ट्याक्टरमा सवार भारत, बिहार राज्यको किशनगञ्ज जोरबारी जियापोखर-७ बस्ने धर्मेन्द्र सोरेनका छोरा ८ वर्षीय सिमोन सोरेनको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि भारततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।
दुर्घटनालगत्तै फरार भएका ट्याक्टर चालकको खोजी भइरहेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १ भाद्र २०८३ २०:४६ सोमबार



-600x400.jpg)
