१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

चोरी र भारतीय रुपैयाँसहित ३ जना पक्राउ

विराटनगरको छुट्टा–छुट्टै स्थानबाट मोटरसाइकल चोरी आरोपमा २ र स्रोत नखुलेको भारतीय रुपैयाँसहित १ जना पक्राउ परेका छन्। वैशाख ३ गते विराटनगर–९ मा पार्किङ गरी राखेको को २० प ५०१० नम्बर मोटरसाइकल चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर–१२ का २६ वर्षीय राजकुमार कामत र सोही ठाउँका २० वर्षीय प्रविन मण्डललाई आइतबार मोटरसाइकलसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। पक्राउ परेका दुवै जनालाई चोरी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

त्यसैगरी, स्रोत नखुलेको भारतीय ५९ हजार रुपैयाँसहित भारत आम्दाबादको गुजरातका ३९ वर्षीय नरेशकुमार बाबुभाइलाई प्रहरीले पक्राउ परेको छ। बाबुभाइलाई विराटनगर–१५ स्थित विराटनगर भन्सारको २ नम्बर ढाट हुँदै नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन्। नगदसहित आवश्यक काराबाहीका लागि बाबुभाइलाई इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाएको डिएसपी श्रेष्ठले बताए।

प्रकाशित: ५ वैशाख २०७९ १२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App